८ मंसिर २०७९, बिहीबार
  • अनमोल कार्की,

रौतहट । नेकपा (एमाले)को टिकट त्यागेर स्वतन्त्र बनेका पूर्व मन्त्री प्रभु साह विजयी भ‌एका छन् । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार साह ३२ हजार ४ सय ३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्धन्दी अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २५ हजार २०० मत ल्याएका थिए ।

साह ७ हजार २३७ मतको फराकिलो अन्तरले साहले विजयी भएका छन् । संसदीय निर्वाचनमा यो साहको चौथो जित हो । साहले २०६४, २०७०, २०७४ र २०७९ गरी लगातार चारपटक विजेता बनेका छन् ।

नेकपा (एमाले)ले जसपासँग गठबन्धन गरेपछि असंतुष्ट साहले आफ्नो प्यानलनै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनाउने केन्द्रीय निर्णय भ‌एपनि स्थानीय स्तरमा भने उनीविरुद्ध महागठबन्धन बनेको थियो ।

साहसँग चुनावी प्रतिष्पर्धामा रहेका अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई नेपाली कांग्रेस, एकिकृत समाजवादी, नेकपा एमाले, जसपा लगायतका दलहरुले स्थानीय स्तरमा समर्थन गरेर चुनावी मैदानमा लडेका थिए । त्यसैगरी माओवादी केन्द्रको उम्मेदवार फिर्ता लिने केन्द्रिय निर्देशन अवज्ञा गर्दै माओवादी केन्द्रका धिरज पटेल पनि साहसँग प्रतिष्पर्धामा थिए ।

पटेलले ८ हजार ४५८ मत ल्याएका छन्। तर साहले स्थानीय स्तरमा बनेका महागठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै स्वतन्त्र सासंदको रुपमा चौंथो पटक सदनको यात्रा तय गरेका छन् । साहले आफ्नो जित जनताको जित भ‌एको जनाउँदै आफ्नो क्षेत्र मात्र नभएर समग्र रौतहट जिल्लाको विकासको थप योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

LIVE TV