८ मंसिर २०७९, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग फोन संवाद गरेका छन् । विहीबार दिउँसो पहिलेको तिक्तता भुलेर एकापसमा मिलेर अगाडि बढ्न आग्रह गर्दै अध्यक्ष ओलीले माओवादी अध्यक्ष दाहाललाई फोन गरेको हुन् ।

तत्कालीन नेकपाको एकता भंग भएपछि ओलीले दाहाललाई पहिलो पटक फोन गरेका हुन् । फोन संवादमा अध्यक्ष ओलीले तिक्तता बढ्दै जाँदा निकै वरपर भएको उल्लेख गर्दै अब बसेर कुरा गर्नुपर्ने बताएका थिए । साथै उनले आफूहरुलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रियनै रहेको बताएका थिए ।

सोही अवसरमा अध्यक्ष ओली र दाहालबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई साटासाट समेत गरेका थिए । यसका साथै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत फोन गरेर बधाई दिएका थिए।

 

LIVE TV