७ मंसिर २०७९, बुधबार

काठमाडौं । भेट भयो सोल्टिनीसँग, चाइनेजोलगायतका गीतकार नारायण कँडेलको अभिनय रहेको नयाँ गीत ‘भो आँशु नझार’को भिडियो सार्वजनिक भएको छ । बेलायतको रेडिङमा करिब २ दशकदेखि परिवारसहित बस्दै आएका कँडेलकी पत्नि गंगा घिमिरे कँडेल पनि अभिनयमा रुची राख्छिन् ।

नारायण र गंगाको लामो समयदेखिको अभिनय गर्ने इच्छा ‘भो आँशु नझार’ले पूरा गरिदिएको छ । दशैँ तिहारको मौकामा नेपाल आएको अवसर पारेर यो जोडीले अभिनय गरेको ‘भो आँशु नझार’ हालै रिलिज गरिएको हो ।

गीतमा लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको छ भने रमेश कायस्थको संगीत रहेको छ । आशिष अविरलको एरेन्ज रहेको गीतको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दुःख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्त शैलीमा देखाइएको ।

विकाश दाहालको सम्पान रहेको भिडियोको छायाङकन बुद्ध एण्ड टिमले गरेको हो भने भिडियो काठमाडौँका रमणीय स्थानहरुमा छायांकन गरिएको हो । गीतकार नारायण कँडेलकै आफ्नै च्यानलबाट रिलिज गरिएको छ ।

LIVE TV