६ मंसिर २०७९, मंगलवार

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन् । पछिल्लो मत परिणाम अनुसार उनी एमालेका कृष्णभक्त पोखरेलसँग झिनो मतान्तरले पछि छन् ।

हालसम्म यहाँ ७ हजार ७४५ मत गणना भएको छ । जसमा एमालेका पोखरेलले २ हजार ६०३ मत प्राप्त गरेका छन् । उनी चितवन–२ का निवर्तमान सांसदसमेत हुन् । त्यस्तै रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाएका छन् ।

शहरी क्षेत्रको मत गणना हुन थालेपछि रविले मत बढाउँदै लगेका छन् । यसअघि ग्रामिण क्षेत्रमा रविलाई कम मत परेको थियो ।

LIVE TV