५ मंसिर २०७९, सोमबार

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा मतगणना कार्य रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।

यस क्षेत्रमा आज बिहानैबाट मत गणना थालिएको थियो । पछिल्लो मत परिणाम अनुसार यस क्षेत्रमा काँग्रेसका उम्मेदवार दुर्लभ थापाले लिड गरिरहेका छन् । उनलाई एमालेका महेश बस्नेतले पछ्याइरहेका छन् ।

९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको छ ।

जसमा गणना भएको मतमा काँग्रेसका थापाले २ हजार २३० मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका महेश बस्नेतले १ हजार ६३२ प्राप्त गरेका छन् ।

त्यस्तै राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

LIVE TV