४ मंसिर २०७९, आईतवार

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पनि मतदान गरेकी छन् । अभिनेत्री मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्रबाट पति विनोद मानन्धरसँगै मतदान गरेकी हुन् ।

मतदानपछि अभिनेत्री मानन्धरले कलाकारहरुले सक्रिय राजनीति गर्न आवश्यक रहेको उल्लेख गर्दै अभिनेत्री रेखा थापालगायतअन्य कलाकार उम्मेदवारहरुले यसपाली जित्नुपर्ने बताएकी छन् ।

यसका साथै आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने इच्छा समेत उनले व्यक्त गरेकी छन् ।

 

LIVE TV