४ मंसिर २०७९, आईतवार

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले प्रदान गर्ने मार्जिन कारोबार सुविधा फन्ड अभावमा प्रभावकारी बन्न नसकेको पाइएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट २२ ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्ने स्वीकृति लिए पनि हाल एक ब्रोकर कम्पनीले मात्र यो सेवा दिन थालेको छ ।

मार्जिन कारोबार सुविधा दिने एक्लो कम्पनी नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) हो ।

नासाले गत कात्तिक ३ गतेदेखि मार्जिन कारोबार सुविधा दिइरहेको जानकारी गराएको छ ।

नासाले १ महीनामा ९ जनालाई ९० लाख रुपैयाँ मार्जिन कारोबार सुविधा प्रदान गरेको जानकारी दिएको छ ।

नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्यालले फन्डको अभाव मार्जिन कारोबार सुविधाको मुख्य समस्या रहेको बताए ।

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

LIVE TV