३ मंसिर २०७९, शनिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ सय २२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार ४८ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ४ सय ३२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार ३९८ पुगेका छन् ।

LIVE TV