
काठमाडौं । निर्वाचन मिति जजिकिएसँगै काठमाण्डौ उपत्यकाका फरक–फरक ३ स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको जावलाखेल, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला परेका हुन् ।
जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जनाइएको छ ।
ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय नजिकै बम फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
यही मंसिर ४ गते हुने आम निर्वाचन विथोल्ने उदेश्यकासाथ बम राखिएको हुनसक्ने प्रहरीको भनाइ छ ।