२९ कार्तिक २०७९, मंगलवार

काठमाडौं । आउटरिच ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर’ २०२२ को फाइनलिस्टमा प्रवेश गरेको छ । आउटरिच नेपालबाट छानिएको एक मात्र एजेन्सी हो, जसले ‘क्याम्पेन एसिया प्यासिफिक’ को एजेन्सी अफ द इयर’ अवार्ड २०२२ को अन्तिम चरणमा स्थान बनाउन सफल भएको छ ।

आउटरिच ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर’को समूहमा रहेको छ । आउटरिच बाहेक यस समुहको अन्तिम चरणमा भारतका ३ वटा एजेन्सीहरु र पाकिस्तानको १ एजेन्सी पनि रहेको छ । अन्तिम चरणको विजेताको घोषणा यस क्षेत्रका मार्केटिङ्ग र एडभर्टाइजिङ
प्रोफेसनलहरुको उपस्थितिबीच ३० नोभेम्बर, २०२२ मा भारतको आइटिसि मराठा, मुम्बईमा गरिनेछ ।

१९९० को शुरुवातदेखि नै एजेन्सी अफ द एयर अवार्ड प्रेरणादायी नेतृत्व, व्यवस्थापकीय उत्कृष्टता र विज्ञापन तथा ब्राण्ड सञ्चारका समग्र उपलब्धिहरुलाई स्थापित गर्न अग्रसर छन् । पिडब्लुसिद्वारा
तालिकाबद्ध परिणामहरुका साथ समग्र स्तरमा यो एउटा एजेन्सीको उत्कृष्टतालाई सम्मान गर्ने कार्यक्रम हो ।

आउटरिचले सोही समुहको लागि सन् २०१६ मा साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयरको काँस्य पदक हात पार्न सफल भएको थियो भने २०१५, २०१६ र २०१७ मा अन्तिम चरणमा स्थान बनाएको थियो ।

अन्तिम चरणमा स्थान बनाउन सफल सबै एजेन्सीहरुको जानकारीका लागि हेर्नुहोस्ः

South Asia

LIVE TV