२८ कार्तिक २०७९, सोमबार

काठमाडौं । अरुणिमा शैक्षिक प्रतिस्ठान बौद्धको आयोजनामा अन्तरविद्यालय स्थलगत कविता लेखन प्रतियोगिता आयोजना भएको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११४ औ जन्मजयन्तिको अवसरमा अरुणिमा शैक्षिक प्रतिस्ठानले बिभिन्न २६ जिल्लाका विद्यालयहरुबीच अन्तर कविता लेखन प्रतियोगिता आयोजना गरेको हो ।

कविता लेखन प्रतियोगिता कार्यक्रमको उद्घाटन वरिष्ठ पत्रकार तथा बालसाहित्यका लेखक एवं गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक बिजय चालिसेले बाल साहित्यको महत्व र सिर्जनाको चर्चा गरेको थिए ।

कविता प्रतियोगितामा नेपाल वेदबिद्याश्रमका विद्यार्थी उत्सव ढुंगाना प्रथम भएका थिए । त्यर्सैगरी द्वितिय स्थान रिभ्स स्कूलकी छात्रा सृष्टि चापागाँइ भएका थिइन भने तेस्रो स्थान अरुणिमा शिशु सदनका आभाष देउजा भएको थिए । प्रतियोगितामा सान्तवना पुरस्कार खगेन्द्र नवजीवन केन्द्रका विद्यार्थी निखिलकुमार बुढा र अरुणिमा माविका छात्रा स्वीकृति न्यौपानेले प्राप्त गरेको थिए ।

सो प्रतियोगिताका निर्णायक मण्डलमा कवि प्रल्ह्राद पोखरेल, बसन्त रिजाल र डा. रमेश शुभेच्छुक रहेका थिए । विभिन्न २६ बिद्यालयका ५२ जना प्रतियोगी विद्याथीहरुलाई स्थलगत रुपमा कविता लेखन र बाचन गर्न लगाइएको थियो । कार्यक्रममा स्कूलका कार्यकारी प्रिन्सिपल इश्वरी प्रसाल लामिछानेले बालबालिकाको सिर्जनात्मक क्षमताको बिकास गर्न कार्यक्रम अरुणिमाले यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरेको बताए ।
कार्यक्रममा काठमाडौ महानगरपालिका शिक्षा बिभागका प्रमुख रामप्रसाद सुवेदीले बिद्यार्थीहरुको सिर्जना बिकासमा स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा बिद्यालय संचालक शम्भुप्रसाद बडालले प्रतियोगीहरुलाई सम्मान गर्दै बिद्यार्थीको मनोवल बिकासमा शिक्षक शिक्षिकाको भूमिकाको चर्चा गरेका थिए । कार्यक्रममा निर्णायक डा. रमेश शुभेच्छुकले प्रतियोगिताले बिद्यार्थीको क्षमता र मनोवल दुर्वैको बिकास हुने बताए ।कार्यक्रममा समाजसेवी जनकराज ढुगानाले बिद्यालयहरुले यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिन सके उनीहरुको ब्यक्तित्व बिकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा न्यूज २४ टेलिभिजनका पत्रकार नवराज चालिसेले पत्रपत्रिका तथा संचार प्रशारण माध्यमहरुको विकासले विद्यार्थीहरुको प्रस्तुतीकरण र साक्षरतामा सहयोग पुग्ने बताए । कार्यक्रममा बिभिन्न विद्यालयका शिक्षक अच्यूत घिमिरे र विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिकाहरुले बाल साहित्य र सिर्जनाको चर्चा गरेका थिए ।

LIVE TV