२३ कार्तिक २०७९, बुधबार

काठमाडौं । मगर संघ यूकेको युथ विभागको आयोजनामा “पाँचौं संस्करण तथा मगर गट ट्यालेन्ट” प्रतियोगिता बेलायतको अल्डर्सटस्थित द प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ । मगर गट ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गरेर स्वेक्षा तिलिजा पुन मगरले विजय हासिल गरेकी छिन् ।

त्यसैगरी प्रथम उपविजेता लिकोन गुरुङ र द्वितीय उपविजेता साक्षी मगर भएकी छिन् । प्रथम उपविजेता र दोस्रो उपविजेताले नगद पुरष्कारसहित ट्रफी र प्रमाणपत्रबाट सम्मानित भएका छन् ।

उक्त प्रतियोगितामा दश जना प्रतियोगीहरुले प्रतिनिधित्व गर्दै भाग लिएका थिए । प्रतियोगितामा भाग लिनेहरु तथा आ–आफ्नो प्रस्तुति दिनेहरु रोनिश आले रेडिङ्ग, अजिता आले टनब्रिज, रुविना थापा प्लमस्टेड, लिकोन गुरुङ वकिङ्ग, क्याप्टेन वीर बहादुर थापा फार्नबरो, विवेक थापा लिम्बु अल्डर्सट, आइशा थापा वेम्ब्ली, अन्जली पुन प्लमस्टेड, स्वेक्षा तिलिजा पुनमगर फार्नबरोले भाग लिएका थिए ।

मगर गट ट्यालेन्ट प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित लोक दोहोरी गायिका जुना श्रीस, सु–प्रसिद्ध कलाकारहरु कविता घर्ती मगर गुरुङ र शेखर घर्ती मगर रहेका थिए । कार्यक्रममा तेस्रो मगर गट ट्यालेन्टका विजेता तथा नायिका सलिना थापाको विशेष नृत्य प्रस्तुति भएको थियो ।

मगर संघ यूके युथ विभागका अध्यक्ष अनिल थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मगर संघ यूकेको अध्यक्ष सीता पुनको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई दीपक थापा मैथाने मगर, यमुना आले र सरुपा थापा मगरले सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रममा संस्थालाई विभिन्न क्षेत्रबाट योगदान दिएबापत् सुनिल राना, किशोर राना, सेलिना थापा र दीपक थापा मैथाने मगरलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गह मगर, नेपाल आदिवासी जनजाती महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युकेका अध्यक्ष गोमा राना, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, निवर्तमान अध्यक्ष सुनिल राना, पूर्व अध्यक्ष दुत पुन, मगर संघ युकेका ट्रष्टिहरु राजेन राना र क्याप्टेन टम धेगा मगर, मगर महिला संघ युकेका निवर्तमान अध्यक्ष विष्णु श्रीस, मगर संघ युकेका उपाध्यक्षहरु होम रोका र रुद्र थापा, मगर संघ युके शाखा समितिका अध्यक्षहरु ऋषिराम राना, दल थापा, सोब रेघामी मगर साथै मगर संघ युकेका विभिन्न प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LIVE TV