२३ कार्तिक २०७९, बुधबार
  • युवराज आचार्य,

झापा । झापाको मेचीनगर नगरपालिका–१२ धाइजनका स्थानीयले वडामा गुणस्तरीय शिक्षाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार अग्नि खरेल समक्ष वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

सरस्वती माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता अनुरुपको दरबन्दी नहुँदा सोचे अनुरुपको शैक्षिक गतिविधि संञ्चालन गर्न नसकिएको भन्दै स्थानीयले नेकपा एमालेका तर्फबाट उम्मेद्वार रहेका पूर्वकानून मन्त्री खरेललाई माग गरेका छन् । त्यसैगरि अमर आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालयको पूर्वधार निर्माण र शैक्षिक स्तर उन्नतीको समेत माग राखेका थिए । मेचीनगर वडा नम्बर १२ शैक्षिक विकासमा पछि उम्मेद्वारसगँ समस्याहरु राखिएको स्थानीय केशव भुजेलले बताए ।

स्थानीयको माग सुनिसकेपछि खरेलले भने, ‘जनताको समस्या समाधान गर्ने पार्टी नेकपा एमाले भएकाले यहाँको हरेक समस्या समाधान गर्न म प्रतिवद्ध छु । यहाँ देखापरेका सुकुम्वासी समस्या, मूढा व्यावसायीको बजारीकरण तथा आधुनिकरण, हडिया खोलामा तटबन्धन, सडक स्तर उन्नती, खानेपानी समस्या, सडक बत्ती विस्तारका लागि मेरो पहल कदमी रहनेछ ।’

झापा क्षेत्र नं १ प्रदेश ख बाट उम्मेद्वार रहेकी सविना बजगाईले यस क्षेत्रको विकासलाई आफुले प्राथमिक्तामा राखेर योजना बनाउने बताइन । घरदैलो कार्यक्रम अन्र्तगत उम्मेद्वार खरेल र बजगाइले मेचीनगर १२ साविक धाइजन ४, फाइटर चोक, सहरेडाँगी चोक, नयाँ बस्ती, कालीझोडा, नागवेली टोल, लगायतका मतदाताहरुको गुनासो सुनेका थिए ।

LIVE TV