२२ कार्तिक २०७९, मंगलवार

———————————-

तस्वीर- १ : जाजरकोट सदरमुकाम खलंगाबाट खच्चडमा सिमेन्ट बोकेर नलगाड नगरपालिका–१ जुरेली तर्फ लैजाँदै । सडक निर्माण नभएका कारण खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ ।

 

तस्वीर- २ : कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका –१२ वनहरा नदीमा बनाइएको अस्थायी काठेपुलमा साइकल डोर्याएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण । गत महिना आएको बाढीले नदी माथिको झोलुङ्गेपुल भत्काएपछि अस्थायी पुल प्रयोग गरेवापत शुःल्क तिरेर स्थानीयवासी गन्तव्यमा जान बाध्य छन् ।

तस्वीर- ३ : सुर्खेतको चौकुने गाउँपालिका–२, गैलुमास्थित भनसरामा दुर्घटना भएको गाडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार गाडी लगामबाट भनसरातर्फ चुनावी प्रचार गर्न जाने क्रममा दुर्घटना भएको हो । गाडी दुर्घटना हुँदा मानवीय क्षति नभएको कर्णाली प्रदेश प्रहरी कार्यालय जनाएको छ । यस्ता दुर्घटना सर्वसाधारणले भने दिनहुँ भाेग्न बाध्य छन् ।

तीस्वीर- ४ : बझाङकाे सदरमुकाम चैनपुर बजारमा डोकोमा बोकेर उपचार गराउन ल्याइएका मष्टा गाउँपालिका- ३ का ७३ वर्षिय जोगगिरी धामी । सडक या एम्बुलेन्सकाे पहुँच नहुँदा यसरी डाेकाेमै बिरामी बाेक्न बाध्य छन् जनता ।

तस्वीर : रासस

LIVE TV