२१ कार्तिक २०७९, सोमबार

काठमाडौँ । नेपाल पत्रकार महासंघ जापान शाखाको ५ औँ अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनमार्फत शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

आइतबार जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा रविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएका छन् । यसैगरी सचिवमा राजन गौतम चयन भएका छन् भने खुल्ला सहसचिवमा विश्वास आचार्य र समावेशी सहसचिवमा सजिना मोक्तानलाई चयन गरिएको छ ।

यसैगरी कोषाध्यक्षमा अर्जुन लामिछाने र सदस्यहरुमा सदस्यहरुमा लक्ष्मी पौडेल, कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ्प्र (मेश) र फुर्वा शेर्पा चयन भएका छन् ।

पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको खुल्ला सत्रमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले प्रमख आतिथ्य ग्रहण गरेका थिए ।

रोजगारी र अन्य कामको सिलसिलामा जापानमा रहेर पत्रकारितामा समेत संलग्न ६६ जना नेपालीहरु सो महासंघको जापान शाखामा साधारण सदस्य रहेका छन् ।

LIVE TV