पोखरामा तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गास्दै महिला । तिहारको समयमा सयपत्री र मखमली फुलका मालाको व्यापार राम्रो हुने गरेको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुन्डुकमा सयपत्री फूल टिप्दै महिला । पाँच रोपनी जग्गामा व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी रञ्जना बस्नेत बार्षिक सात लाख रूपैयाँ नाफा हुने बताउनुहुन्छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुन्डुकमा मखमली फूल टिप्दै महिला । हिन्दुहरूको महान चाड तिहारको भाइटीकामा प्रयोग गरिने चलन छ ।कञ्चनपुरको झलारी बजारमा माला बिक्री गर्न लागि ग्राहकको प्रतिक्षामा रहेका व्यवसायी महिला । भारतबाट आयात गरिएका प्लाष्टिकका मालाको तिहारमा कारोवार निकै बढी हुने गरेको छ ।तिहारका लागि ग्राहक आकर्षित गर्न नयाँसडकमा सजाइएको सयपत्री फूल । सेल्फी खिचेर रमाउँदै ग्राहक ।तिहारको लक्ष्मी पूजाका लागि असनमा कमलको फूल किन्दै सर्वसाधारण ।पोखराको न्यूरोडस्थित एक पसलमा सोमबार बिहान बिक्रीका लागि राखिएका सयपत्री फूलका माला ।लक्ष्मी पूजाको दिन ललितपुरको इमाडोलमा फूलको माला किन्दै सर्वसाधारण ।भक्तपुरको सूर्यविनायक७, गुण्डुका फूलखेती गर्ने किसान बिक्री गर्न मखमली फूलको माला गाँस्दै । गुण्डुबाट मात्रै यसवर्ष सयपत्री र मखमलीको फूल र माला रु तीन करोडभन्दा बढीमा बिक्री भएको वडाध्यक्ष रवीन्द्र सापकोटा बताउनुहुन्छ ।बुटवल उपमहानगरपालिका४ स्थित हाटबजारमा बेच्न राखिएको सयपत्री फूलको माला खरिद गर्दै सर्वसाधारण ।तिहारमा माला र तोरण बनाउन प्रयोग हुने गाउँबाट बागलुङ बजारमा बिक्री गर्न ल्याइएको बुकी फूल किन्दै महिला ।भक्तपुरको सूर्यविनायक७, गुण्डुका फूलखेती गर्ने किसान बिक्री गर्न मखमली फूलको माला उन्दै ।लक्ष्मी पूजाको दिन ललितपुरको इमाडोलमा फूलको माला किन्दै सर्वसाधारण ।सुर्खेतकाे एक फूलबारीमा फुलेका सयपत्री ।विराटनगरकाे गुद्री बजारमा आइतबार लक्ष्मी पूजाका लागि बिक्रीका लागि राखिएको सयपत्रीको माला । यहाँ रु एक सयमा तीन वटा माला बिक्री वितरण भरहेको छ ।