२१ आश्विन २०७९, शुक्रबार

काठमाडौं । कोमल वलीले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट टिकट पाएकी छन् । वलीलाई नेकपा (एमाले)ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्न टिकट दिएको हो ।

वलीले २०७४ सालकै निर्वाचनमा उक्त क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । तर, पार्टीले टिकट नदिएपछि चुप बसेकी वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

तर, आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि एमालेले वलीलाई सो क्षेत्रबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो ।

दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन् ।

LIVE TV