२१ आश्विन २०७९, शुक्रबार

काठमाडौं । सत्तारुढ गठबन्धनकाे बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) शुक्रबार बालुवाटारमा बसेको गठबन्धनबाट बाहिरिएसँगै लोसपा प्रवेश गरेको हो ।

बालुवाटारमा बैठक हाल जारी रहेको छ भने जसपा बाहिरिएपछि गठबन्धनमा नयाँ तालमेल र सिट बाँडफाँट गर्न लोसपालाई गठबन्धनले प्रवेश गराएको छ ।

गठबन्धनको साथ छाडेको जसपाले एमालेसँग आगामी निर्वाचनका लागि चुनावी तालमेल गर्ने भएको छ । एमालेसँग तालमेल गरेपछि गठबन्धनका अन्य चार गठबन्धन दल रुष्ट थिए ।

LIVE TV