२१ आश्विन २०७९, शुक्रबार

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले यो वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ ।

प्रत्यक्षतर्फ निर्वाचनको मनोनयन गर्ने समय असोज २३ गते नै कोजाग्रत पूर्णिमा परेकाले सोहि दिन प्रत्यक्षतर्फको मनोनयन गर्ने कार्यक्रम रहेको भन्दै कांग्रेसले यस ववर्ष चियापान आयोजना नगर्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

दशैंको शुभकामना आदानप्रदान गर्न भन्दै कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापानको आयोजना गर्दे आएको थियो । कांग्रेसले विक्रम सम्बत् २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए पछि सोहि वर्षदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गर्दै आएको छ ।

LIVE TV