१८ आश्विन २०७९, मंगलवार

एजेन्सी । उत्तर कोरियाले जापानको उत्तरी क्षेत्रतर्फ मिसाइल प्रहार गरेको छ । मध्यमस्तरको ब्यालेस्टिक प्रहार गरेको अनुमान जापानका अधिकारीले गरेका छन् । उक्त मिसाइलका कारण जापान त्यस क्षेत्रमा तनाव उत्पन्न भएको बताइएको छ ।

जापानी अधिकारीले आइल्याण्ड अफ होकाइदोका आफ्ना बासिन्दालाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् । मिसाइलकै कारण सो क्षेत्रमा चल्ने रेल सेवा पनि अस्थायी रुपमा बन्द गरिएको छ ।

उत्तर कोरियाले प्रहार गरेको सो मिसाइल प्यासिफक ओसनमा जापानबाट तीन हजार किलोमिटर पर खसेको बताइएको छ । यस घटनाको जापानी प्रधानमन्त्री फुमिओ किशिदाले निन्दा गरेका छन् । यसबारे छलफल गर्न जापान सरकारले राष्ट्रिय सुरक्षा परिषदको बैठक पनि बोलाएको छ ।

सन् २०१७ मा पनि उत्तर कोरियाले जापानतर्फ मिसाइल हानेको थियो । त्यसयता पहिलोपटक जापनको आकाशमाथि उत्तरकोरियाको मिसाइल प्रहार भएको हो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उसले अटेर गर्दै आएको छ । आफ्ना परमाणु कार्यक्रम र मिसाइल परीक्षण रोकेको छैन ।

 

LIVE TV