१६ आश्विन २०७९, आईतवार

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले नाइसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र किलियन एम्बाप्पेले गोल गरे । नाइसको लागि गाइटेन ल्याब्रोडेले एक गोल फर्काए ।

खेलको २९औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा ल्याब्रोडेले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काए । ८३औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको ९ खेलबाट २५ अंक पुगेको छ । दोस्रो स्थानको मार्सेको २३ अंक छ । पराजित नाइस ८ अंक जोडेर १३औं स्थानमा छ ।

LIVE TV