१५ आश्विन २०७९, शनिबार
  • मनिराज पाण्डे,

कालीकोट । कालिकोटमा शनिबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ गते तोकेपछि निर्वाचन आयोगको कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको हो ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ प्रयोजनका लागि शनिबार जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहने गरी कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाही, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, जिल्ला स्थित चार वटै सुरक्षा निकायका प्रमुख, पत्रकार एंव अन्य सरोकारवाला निकायको उपस्थिति हरेको थियो ।

LIVE TV