१५ आश्विन २०७९, शनिबार

काठमाडौं । इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । चौधरी नेकपा (एमाले) सुनसरीका पूर्व अध्यक्ष हुन् ।

जानकारी अनुसार प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि चौधरी माओवादी केन्द्र प्रवेश गर्न लागेका हुन् । उनी माओवादीका अध्यक्ष पुष्पकमल दाहालको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्न लागेका हुन् ।

जसका लागि चौधरी शनिबार (आज) काठमाडौं आइपुगेका छन् । चौधरीले माओवादी केन्द्र प्रवेश गर्ने निर्णयमा पुगेको बताउँदै टिकट पाउने वा नपाउनेबारे असोज २३ गते थाहा हुने बताए ।

जानकारी अनुसार थारु बाहुल्य क्षेत्र रहेकाले उनलाई टिकट दिन माओवादी केन्द्र तयार भइसकेको छ ।

LIVE TV