१५ आश्विन २०७९, शनिबार

काठमाडौं । मणिरत्नमको फिल्म ‘पोन्नियिन सेल्वन’को शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । हलमा रिलिज भएपछि फिल्मले पहिलो दिनमै बक्स अफिस कमाईका हिसाबले धेरै कीर्तिमान बनाएको छ ।

रिलिजको पहिलो दिन फिल्मले बक्स अफिसमा जसरी उत्कृष्ट कलेक्सन गरेको छ, त्यसलाई हेर्दा आगामी दिनमा पनि फिल्मले बक्स अफिसमा कलेक्शनका हिसाबले नयाँ इतिहास रच्न सक्ने विश्वास गरिएको छ । रिलिजको पहिलो दिनको बक्स अफिस कलेक्शनको आँकडाले फिल्मकर्मीलाई खुसी हुने धेरै कारणहरु दिएको छ ।

ऐश्वर्या राई बच्चनसँगै चियान विक्रम, जयराम रवि, त्रिशा कृष्णन, कार्ती, ऐश्वर्या लक्ष्मी र शोभिता धुलिपालाको मुख्य भूमिका रहेको पोन्नियिन सेल्वानले रिलिजको पहिलो दिन बक्स अफिसमा करिब ५० करोड कलेक्सन गरेको छ । जति भाषामा फिल्म रिलिज भएको छ, यी सबै मिलाएर फिल्मको यस्तो कलेक्शन हो ।

यस हिसाबले फिल्मले ओपनिङ डे कलेक्सनको मामिलामा कमल हासनको फिल्म विक्रमलाई पनि पछि पारेको बताइएको छ । विक्रमले सबै भाषाहरू समावेश गरी रिलिजको पहिलो दिन बक्स अफिसमा ३७.५ करोड रुपैयाँ कमाएको थियो ।

‘पोन्नियिन सेल्वन’ एक ऐतिहासिक कथा मा आधारित एक फिल्म हो । यो फिल्म ५०० करोडभन्दा बढीको बजेटमा बनेको बताइएको छ । फिल्ममा हेर्नको लागि धेरै शानदार सेटहरू उपलब्ध छन् । फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको कलेक्शनले साताको अन्त्यसम्ममा बक्स अफिसमा बढी कमाई गर्ने अपेक्षा गरिएको छ ।

 

LIVE TV