१५ आश्विन २०७९, शनिबार

काठमाडौँ । नेपालका लागि नयाँ अमेरिकी राजदूतकाे शपथ ग्रहण सम्पन्न भएकाे छ । नयाँ अमेरिकी राजदूतमा नियुक्त भएका डिन थम्प्सनले शुक्रबार अमेरिकाकाे संघीय राजधानी वासिङ्टन डिसीमा बाइबल छाेएर शपथ ग्रहण गरेका हुन् ।

नवनियुक्त राजदूत थम्प्सन केही दिनपछि काठमाडौं आउने यहाँस्थित अमेरिकी दूतावासले जनाएकाे छ । निवर्तमान अमेरिकी राजदूत  रेन्डी बेरीकाे कार्यकाल सकिएपछि उनकाे स्थानमा थम्प्सनलाइ नियुक्त गरेर नेपाल पठाउन लागिएकाे जनाइएकाे छ ।

 

LIVE TV