१४ आश्विन २०७९, शुक्रबार

काठमाडौं । साहित्य परिषद् प्यूठानको आयोजनामा असोज ११–१३ सम्मको बृहत् साहित्य–संगीत महोत्सव–२०७९ विविध कार्यक्रमका साथ बाग्दुलामा सम्पन्न भएको छ ।

जिल्लाको कला,साहित्य तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा प्रर्वद्धन गर्ने उद्धेश्यले साहित्य–संगीत महोत्सवको आयोजना गरिएको महोत्सवका अध्यक्ष तथा साहित्य परिषद् प्यूठानका अध्यक्ष नवराज आचार्यले बताए।

तीन दिनसम्म सञ्चालन भएको महोत्सव कार्यक्रमको अन्तिम दिन बाग्दुलामा कविता प्रतियोगितासहित विविध साहित्य, कला, गीत, संगीत प्रस्तुत गरिएको थियो। नेपालीको धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्र स्वर्गद्वारीमा असोज ११ मा उद्घाटन गरिएको कार्यक्रम त्यसपछि प्युठानका ऐतिहासिक, पर्यटकीय तथा रमणीय स्थान झिमरुकको ओखरकोट भ्रमण, मल्लरानिको खलंगामा स्थानीय नेवार समुदायको लाखेद्वारा स्वागत तथा मल्लरानीमा भ्रमण गरि बाग्दुलामा औपचारिक कार्यक्रम गरि महोत्सवको समापन भयो ।

समापन कार्यक्रममा प्रा.डा. गोपिन्द्र पौडेल, साहित्यकार डा. गितु गिरी, प्युठान नगरपालिका प्रमुख बिष्णु योगि, प्यूठान क्याम्पस प्रमुख कल्पना खड्कालगाययका अतिथिहरु रहेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिस्ठानका सदस्य तथा प्राध्यापक डा. गोपिन्द्र पौडेलले साहित्य–संगीतको बारेमा समाजमा साझा बुझाईमा समस्या भएको बताएका थिए । उनले साहित्य, कलाले समाज बिकासमा टेवा दिने भन्दै यो समाजको सबैको आवस्यकता रहेको बताए।

साथै, उनले साहित्य, कलालाई पर्यटनसङ्ग जोडेर अगाडी लैजान पर्ने बताएका थिए । प्युठानमा धर्मिक तथा पर्यटकीय सम्भावना धेरै रहेको भन्दै यसको सहि ठिक ढंगले प्रचारप्रसार हुन नसक्दा समग्र जिल्लाको विकास हुन नसकेको उल्लेख्य गरे ।

साहित्यकार डा. गितु गिरिले प्युठान र स्वर्गद्वारीको बारेमा आफुले धेरै वर्ष अगाडि देखि विभिन्न माध्यमबाट जानकारी तथा प्रकाशन गरिएको भए पनि अझै चिनाउन नसकिएको बताएका थिए । सरकारको योजना निर्माणमा स्वर्गद्वारीलाई प्राथमिकतामा राखी योजना बनाउनु पर्ने र आफुले सक्दो सहयोग गरिरहेको पनि उनले उल्लेख गरे ।

प्युठान नगरपालिकाका प्रमुख बिष्णु योगीले साहित्य र कला संगीत समाजको लागि आवस्यक रहेको भन्दै आगामी दिनमा सहकार्य गर्ने बताएका थिए । देश भरबाट आएका साहित्यकार, कविहरुले साहित्य, कला, कविता, गजल प्रस्तुत गरेका थिए । कविता प्रतियोगितासहित विभिन्न कला संस्कृति प्रर्दशन, खुल्ला रचना बाचन लगायतको कार्यक्रम गरिएको थियोे ।

साहित्य परिषद प्युठानका अध्यक्ष नवराज आचर्यको अध्यक्षता र सचिव ध्रुब गिरीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला स्तरीय कविता प्रतियोगिता गरिएको थियो । जसमा पन्ध्र जना प्रतियोगीले भाग लिनुभएको थियो । जसमा प्रथम सुशील सुनार, द्वितीय सुनिल बि क, तृतीय बसन्त खड्का रहेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यक्रमलाई सफल बनाउनको लागि युवा, विद्यार्थीलाई समेट्न पर्ने सुझाव दिएका थिए। साथै आगामी दिनमा समेत यस्तै प्रकारका विविध कार्यक्रमहरु जिल्लाको विभिन्न स्थानमा आयोजना गरि जिल्लाको पर्यटन,ऐतिहासिक महत्त्व स्थानीय भाषा संस्कृतीको प्रचारप्रसार तथा अवलोकन गर्ने, स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुको उजागर गर्न आवश्यक रहेको वक्ताहरुले बताए ।

देशका विभिन्न जिल्लाबाट आएका साहित्यकार तथा कविहरुले आफ्नो प्रस्तुति गरेका थिए । साथै कार्यक्रममा स्थानीय काला, साहित्य–संगीत प्रस्तुत गरिएको थियो।
तीन दिन सम्म कार्यक्रम सम्पन्न गर्ने सबैलाई धन्यवाद तथा साहित्यकार कविहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

LIVE TV