१३ आश्विन २०७९, बिहीबार
  • कबिन्द्र सेर्मा,

पाँचथर । जिल्ला प्रशासन कार्यलय पाँचथरले बजार अनुगमनलाई तीव्रता दिएको छ । दशैं तथा विभिन्न पर्वको सन्ध्यामा कालोबजारी जस्ता कार्य हुन नदिन बजार अनुगमन कार्यक्रमलाई कडाइका साथ अघि बढाएको जिल्ला प्रशासन कार्यलय पाँचथरका प्रशासकीय अधिकृत तथा बजार निरीक्षण अधिकृत राहुल सिंहले जानकारी दिए ।

उनका अनुसार बिहीबार मात्र सदरमुकामभित्रका बजारका विभिन्न मासु पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा धेरैले दर रेटको मूल्य सूचि टाँसेको तर सरसफाइ ब्यवस्थापन भने कमजोर देखिएकोले सरसफाइको ब्यवस्थानमा जोड दिन निर्देशन दिइएको पनि बजार निरीक्षण अधिकृत सिंहले जानकारी दिए ।

केही दिन अगाडि मात्र बजारका विभिन्न खाद्यान्न पसलहरुमा अनुगमन गरि सकिएको र बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाइने पनि उनले बताए ।

LIVE TV