१३ आश्विन २०७९, बिहीबार

काठमाडौं । अम्बे ग्रुपले आफ्ना लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डिलरहरुलाई जमघट गरी शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगञ्जमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकुलित फ्याक्ट्री नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री रहेको र यी दुई प्रदेशमा अपेक्षाकृत ग्राहकको विश्वास जित्न ब्राण्ड सफल भएकोमा डिलरहरुलाई धन्यवाद व्यक्त गर्दै ग्रुपका अध्यक्ष हरी न्यौपानेले आगामी दिनमा पनि उच्च मनोवलका साथ ढुक्कसँग ग्राहकलाई अम्बे स्टील र सिमेन्ट विक्री गर्न उत्प्रेरित गरे ।

सो अवसरमा अम्बे स्टीलका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यले देशमा ठूलो उद्योग स्थापना गरी उद्योग, रोजगारी, सिर्जना गर्नुकासाथै कलाकार, डिलर, उपभोक्ता, सबैको आर्थिक हैसियत बढाउन सहयोग पु¥याएकोमा ग्रुपलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

त्यस्तै ग्रुपका निर्देशक शिवाज न्यौपानेले उद्योगलाई समय सापेक्ष, प्रविधिमैत्री, जनउत्तरदायी, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै देशकै अनुकरणीय उद्योगका रुपमा स्थापित गर्न नविनत्म सोचसहित विभिन्न नयाँ भेञ्चर थप्दै लगिने जानकारी गराए ।

उक्त अवसरमा दुई प्रदेशका प्राय सबै डिलरबाट झण्डै ५ सय जनाभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त अवशरमा सहभागीहरुबाट लक्की–ड्र गरी तीन जना विजेतालाई आकर्षक उपहार समेत महजोडीको हातबाट हस्तान्तरण गरिएको थियो ।

LIVE TV