१३ आश्विन २०७९, बिहीबार

काठमाडौं । मुलुकभर डेंगु रोगीको संख्या २८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा डेंगु रोगीको संख्या २८ हजार १०९ पुगेको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु रोग फैलिएको छ ।

हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा २१ हजार ९७५ जनामा डेंगु देखिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश ३ हजार १२५ जना, सुदूर पश्चिममा ८५० जना, प्रदेश १ मा ८२९ जना, गण्डकीमा ६७७ जना, मधेश प्रदेशमा ४१३ जना र कर्णाली प्रदेशमा २३८ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।
यसका साथै मुलुकभर डेंगुका कारण ज्यान गुमाउनेको संख्या ३८ जना पुगेको छ ।

LIVE TV