१३ आश्विन २०७९, बिहीबार

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड प्रदान गरिएको छ ।

स्पेनिस पत्रिका मार्काले गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका बेन्जेमालाई बुधबार राति यो ट्रफी प्रदान गरेको हो ।बेन्जेमाले पहिलोपटक यो अवार्ड जितेका हुन् ।

बेन्जेमाले गत सिजन ला लिगामा ३२ खेलमा २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । गत सिजन रियल म्याड्रिडले कीर्तिमानी ३५औं पटक ला लिगाको उपाधि जित्दा कप्तान बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बेन्जेमाले ला लिगा २०२१–२२ मा उत्कृष्ट खेलाडीको लागि अल्फ्रेडो डि स्टेफानो ट्रफी पनि जितेका थिए । साथै बेन्जेमाले समर्थकको मनपर्ने खेलाडीको रुपमा एमभीपी ट्रफी पनि जितेका थिए ।

LIVE TV