१२ आश्विन २०७९, बुधबार

काठमाडौं । मुलुकभर डेंगु रोगीको संख्या २७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा डेंगु रोगीको संख्या २७ हजार ५६९ पुगेको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु रोग फैलिएको छ ।

हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा २१ हजार ५८९ जनामा डेंगु देखिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश ३ हजार ५० जना, सुदूर पश्चिममा ८२१ जना, प्रदेश १ मा ८१५ जना, गण्डकीमा ६५३ जना, मधेश प्रदेशमा ४०५ जना र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै मुलुकभर डेंगुका कारण ज्यान गुमाउनेको संख्या ३६ जना पुगेको छ ।

LIVE TV