११ आश्विन २०७९, मंगलवार

काठमाडौं । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका कारण छिमेकी राष्ट्र भारतमा दाङका एक युवकको मृत्यु भएको छ । डेंगुका कारण दाङको दंगीशरण गाउँपालिका–६ राजपुरका २६ वर्षीय विनोद साहु रहेका छन् ।

विनोदको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । उनी करिब करिब एक महिना पहिले अमेरिका जान भनेर घरबाट हिँडेका थिए । जानकारी अनुसार उनी भारत हुँदै गैर–कानूनी रूपमा अमेरिका जान लागेका थिए ।

तर, विगत १० र १२ दिनदेखि ज्वारो आएपछि उनी अस्पताल गएका थिए । अस्पताल लगेर २० र २२ वटा स्लाइन चढाइएपनि बचाउन नसकिएको बताइएको छ ।

विनोदसँगै रहेका साथी र अमेरिका पठाउने व्यक्तिहरुको सहयोगमा उनको शव नेपालतर्फ ल्याइरहेको जानकारी गराइएको छ । विनोदलाई अमरिका पठाउनका लागि हालसम्म ४० देखि ४५ लाख खर्च भइसकेको जनाइएको छ ।

LIVE TV