११ आश्विन २०७९, मंगलवार

काठमाडौं । ‘जाबो दुई गास तातो भात पनि सुखसँग खान नपाइने, छोड्देउ बाबु यस्तो जागिर । बरु गाउँमै आउनु, तँलाई दुई छाक भात त मै खुवाउन सक्छु ।’

आफ्नी आमाको मायाले भरिएको उपरोक्त भनाइबाट प्रेरित भएर सर्जक–गायक गोविन्द गुरुङले गीत सिर्जना गरी सार्वजनिक गरेका छन् ।

‘मनको भारी’ नाम दिइएको उक्त गीतको संगीत लोकप्रिय संगीतकार हरि लम्सालले भरेका हुन् भने एरेन्ज रिकेश गुरुङको रहेको छ ।

लोकप्रिय कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराई अनि कविता आलेको जिवन्त अभिनय रहेको भिडियोमा अहिलेको सहरिया जीवनको व्यस्ततालाइ देखाइएको छ।

लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ ।

०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि औपचारिक गायन लागेका सफल बैकर समेत रहेका गायक गुरुङको यस अघि दर्जनौ गीतहरु लोक, आधुनिक र चलचित्रका गरी दर्जनौ गीतहरु आइसकेका छन् ।

LIVE TV