११ आश्विन २०७९, मंगलवार
  • युवराज आचार्य,

झापा । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले मुलुकको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ४३औँ विश्व पर्यटन दिवसको अवसरमा मंगलबार नेपालको पुर्वी नाका काँकरभिट्टामा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले कोभिडले थला पारेको पर्यटन क्षेत्र चलायमान बनाउन सके मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरू प्रशस्त भित्र्याउन सकिने बताए ।

काँकरभिट्टा नेपालको पूर्वीद्वार भएका कारण निक्कै संम्वेदनशील भएको बताउँदै बुढाथोकीले यो नाका भएर प्रवेश गर्ने पर्यटकलाई सबैले राम्रो व्यवहार गर्नुपर्नेमा जोड दिए । साथै उनले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमसहित धेरै योजना स्थानीय सरकारले अघि सारेको बताए ।

पर्यटन कार्यालय काँकरभिट्टाले विभिन्न संघ संस्थाको सहयोगमा आयोजना गरेको ४३औँ विश्व पर्यटन दिवस कार्यक्रममा प्रभातफेरी आयोजना गरिएको थियो । विभिन्न पर्यटन क्षेत्रका संस्था प्रभातफेरीमा सहभागी थिए ।

कार्यालयकाबाट लाखे नाँच धामीक्राँक्रीसहित निस्केको र्यालीले काँकरभिट्टा बजारको परिक्रमा पश्चात सोही ठाउँमा आइपुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकी, नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट ९नाट्टा० १ नम्बर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ, मेचीनगर( ४ का वडाध्यक्ष एवम् पर्यटन अभियन्ता अर्जुनकुमार कार्की, मेची उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, मेची अभियानका संयोजक विजय डालमिया, पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, चरा संरक्षणका अभियन्ता देवेन खरेललगायतले बोलेका थिए ।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख प्रभात भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रम सञ्चालन कार्यालयका सूचना अधिकृत निरोज कट्टेलले गरेका थिए ।

LIVE TV