११ आश्विन २०७९, मंगलवार

धनगढी । धनगढीमा हुलास स्टीलको शाखा विस्तार गरिएको छ । उप–महानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो ।

कम्पनीले सोमबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन गरेको हो । हुलासका बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा शाखाको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा यस क्षेत्रका डिलर तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।

LIVE TV