११ आश्विन २०७९, मंगलवार

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । आगामी चुनावका लागि गठबन्धनमा आबद्ध दलहरुबीच नमिलेका स्थानमा सिट बाँडफाँटको टुंगो लगाउन उक्त बैठक बसेको हो ।

आव (मंगलबार) दिउँसो साढे १ बजेदेखि जारी बैठकमा सिट बाँडफाडबारे मिल्न बाँकी विषयमा छलफल भइरहेको छ । प्रतिनिधिसभाका करिब १६ सिट र प्रदेश सभा करिब ३५ सिटमा भाग मिलाउन बाँकी रहेको र अन्यमा टुँगो लागिसकेको जनाइएको छ ।

आगामी मंसिरमा ४ मा हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनले यही असोज १६ गतेभित्र सबै सिट बाँडफाँट टुंगो लगाइसक्ने तयारी गरेको बताइएको छ ।

गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले करिब ८५ हाराहारी सिट पाउने र दोस्रो मुख्य दल माओवादी केन्द्रले ४७ करिब सिट पाउने मोडालिटीमा छलफल केन्द्रित रहेको जनाइएको छ । बाँकी सिट अन्य दलहरुलाई दिइनेछ । तर सिट बाँडफाँटको यो विषयमा कांग्रेसभित्रै विवाद देखिएकोले अलमल बढिरहेको बताइन्छ ।

 

LIVE TV