११ आश्विन २०७९, मंगलवार

हिले । धनकुटाको साबिक तेलिया र कुरुलेतेनुपा गाविसमा एक दशक अघिसम्म बाक्लो बस्ती थियो । एक घरबाट अर्को घरको दुरी नजिक थियो । भर अभर टार्न गाउँले भेला हुन्थे ।

तर एक दशकको अवधिमा अवस्था पुरै फेरिएको छ । बितेका केही वर्षमा यी क्षेत्रबाट सबैभन्दा बढी बसाइसराइ भएको छ । एक दशक अघि सम्म बाक्लो बस्ती देखिने यी क्षेत्रमा अहिले भने प्राय सुनसान हुन्छन् । एक घर वाट अर्को घरको दुरी निक्कै बढेको छ । कतिपय स्थानमा त गाउँमा केही समस्या आइहालेर हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकी समेत पाइँदैनन् । गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकी समेत नपाइने धनकुटा तेलियाका मेघराज खतिवडा बताउनु हुन्छ । छिमेकी बसाइ सरेर जाँदा विकास निर्माणको काम गर्न समेत समस्या हुने गरेको खतिवडाको भनाई छ ।

यहाँबाट बसाइ सरेकाहरू सबै झापा, मोरङ, सुनसरी सहित काठमाडौँसम्म पुगेर बस्ने गरेका छन् । एक नम्बर प्रदेशका हिमाली र पहाडी जिल्लाका अधिकांश नागरिक तराइका जिल्लामा बसाइँ सर्ने गरेका छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराइ झर्ने क्रम तीव्र बन्दै जाँदा हिमाली र पहाडी बस्ती शून्य बन्दै गएका हुन् । याे खबर गाेरखापत्र दैनिकमा छ ।

LIVE TV