९ आश्विन २०७९, आईतवार
  • अनमोल कार्की,

रौतहट । रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकाले नगरमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ । नगर प्रमुख कन्थमणी प्रसाद जयसवालको नेतृत्वमा गरुडाको मुख्य बजार लगायतका स्थानहरुको सरसफाइ गरिएको हो ।

स्वच्छ वातावरणमा सफा, सुन्दर र सभ्य नागरिकको पहिचान दिनका लागि पनि सरसफाई महत्वपूर्ण हुने भएकोले नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको साझेदारीमा नगरको सरसफाइ गरिएको नगर प्रमुख जयसवालले बताए ।

उनले हिन्दूहरुको महान् चाड बडादशैंको अवसरमा नगरलाई सफा राख्नको लागि र नागरिकलाई सरसफाई सम्बन्धि जनचेतना जगाउनको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘सभा नगर सभ्य समाजको प्रतिक हो’ उनले भने, ‘नगर सफा भए नागरिक स्वस्थ्य हुन्छन् र स्वस्थ्य नागरिक समाजको विकासको लागि सकारात्मक योगदान पुर्याउन सक्छन् । त्यसैले नगरलाई सदैव सफा राख्न सबैले आफ्नो स्थानबाट योगदान दिनुपर्छ ।’

सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, स्थानीयहरुको सहभागिता रहेको थियो ।

LIVE TV