९ आश्विन २०७९, आईतवार
  • युवराज आचार्य,

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले नागरिकताको समस्या समाधान गर्न नचाहेको बताएका छन् । नेकपा एमालेले झापाको दमकमा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन जनताप्रति अत्यन्त गैरजिम्मेवार भएको बताएका छन् ।

गठबन्धन राष्ट्र र राष्ट्रियताको सवालमा प्रमुख प्रतिपक्ष दल एमालेसंग समेत कुनै सल्लाह नगरी अघि बढेको बताउँदै अध्यक्ष ओलीले भने ‘नागरिकताको विषयमा गठबन्धनले नै व्यवधान खडा गरेको बताए ।

गठबन्धनले नागरिकताको समस्या समाधान गर्न नचाहेको कारण नागरिकता संशोधन विधेयक गोलमटोल पारेर ल्याएको उनको भनाइ छ । नेपालमा जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिने कुरा दुई लाइन लेखेर ल्याऊ एमालेले तुरुन्तै पास गरिदिन्छ भन्दा गठबन्धनले नटेरेको उनले बताए ।

एमाले सरकारमा पुग्ने बित्तिकै नागरिकताको समस्या र सुकुम्वासी समस्या समाधान गर्ने बताउदै ओलीले चार वर्षभित्र नागरिकता र सुकुम्वासीको समस्या स्थायी रूपमा ग्यारेन्टीका साथ समाधान गर्नेे प्रतिबद्धता व्यक्त गरे ।

एमालेमा प्रवेसको लहर बढ्दै गएकोले गठबन्धनमा अँगालो मार्नेहरू झन् झन् अँगालो कस्दै गएका उनले बताए । पाँचजना अँगालो कसेर बस्दै गर्दा तलबाट सबै खुस्कँदै गएको ओलीले टिप्पणी गरे ।

LIVE TV