९ आश्विन २०७९, आईतवार

काठमाडौं । मुलुकभर डेंगु रोगीको संख्या २४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा डेंगु रोगीको संख्या २४ हजार ४९२ पुगेको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु रोग फैलिएको छ ।

हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा १९ हजार जनामा डेंगु देखिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश २ हजार ८७२ जना, सुदूर पश्चिममा ७७७ जना, प्रदेश १ मा ७५३ जना, गण्डकीमा ५३७ जना, मधेश प्रदेशमा ३२३ जना र कर्णाली प्रदेशमा २३० जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।
यसका साथै मुलुकभर डेंगुका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ ।

LIVE TV