९ आश्विन २०७९, आईतवार

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार २०६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५४४ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार २२३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १७ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८६ हजार ३३५ पुगेका छन् ।

LIVE TV