९ आश्विन २०७९, आईतवार

काठमाडौँ । “कला साहित्यमा निरन्तर बहस” भन्ने उद्घोषका साथ अखिल नेपाल लेखक संघ , केन्द्रीय समितिको आयोजनामा बातलाबा कार्यक्रमको २२ औं शृङ्खला राजधानी स्थित पद्मोदय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । “स्रष्टापरक अध्ययन , लेखकको मृत्यु र उत्तरआधुनिकता” विषयक बहस तथा कविता वाचन कार्यक्रममा अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षता रहेको थियोे ।

कार्यक्रममा अखिल नेपाल लेखक सङ्घका सल्लाहकार प्रा. डा. राजनप्रसाद पोखरेल , जनसांस्कृतिक महासङ्घ , नेपालका केन्द्रीय सदस्य तेजविलास अधिकारी , अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष तथा बातलाबा विभाग संयोजक स्वप्निल स्मृति , अखिल नेपाल लेखक सङ्घका सचिव द्वय डा. कौशिला रिसाल र जित अधिकारी , साहित्यकार पोषराज पौडेल , केशरी अम्गाई , अखिल नेपाल लेखक सङ्घका कोषाध्यक्ष प्रकाश तिवारी , अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा वाग्मती प्रदेश कमिटीका अध्यक्ष अगिव बनेपाली , शिक्षासेवी भोला ढकाल , दुर्गानारायण ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ , नेपालका अध्यक्ष डा. मधुसूदन गिरीले “स्रष्टापरक अध्ययन , लेखकको मृत्यु र उत्तरआधुनिकता” विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सहप्राध्यापक भीम रेग्मीले कार्यपत्रमाथि टिप्पणी सहित पूरक धारणा राख्नुभएको थियो ।

अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य सन्तोष सिम्खडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कविहरू शेखर अर्याल , सुशीला शर्मा , डिल्लीराम राई ( नाकारा ) , दुर्लभ काइँला , सुमन पुडासैनी लगायतले आ – आफ्ना कविता वाचन गर्नुभएको थियो । वाचित कविताहरू माथि कवि प्रगति राईले समीक्षा गर्नुभएको थियो।

कार्यक्रममा लेखक तथा समालोचक डा.अम्बिका अर्याल , लेखक तथा उपप्राध्यापक जीवन जीवन्त , पत्रकार धनबहादुर मगर , कवि मिसन अधिकारी , सञ्चारकर्मी विक्रम `चेतनशील ´ राई , लेखक तथा साहित्यकार पुरुषोत्तम रिजाल , सोनाम `सज्जन ´ किराँती , दीप कुलुङ , संवाद बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।

LIVE TV