८ आश्विन २०७९, शनिबार
  • अनमोल कार्की,

रौतहटको (चन्द्रपुर) । जिल्लाको चन्द्रपुर–५ मा रहेको संंकल्प वचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जनज्योति माविको प्राङ्गणमा सम्पन्न सभाले संंस्थाको वार्षिक प्रतिवेदनहरु पारित गर्दै आगामि वर्षको कार्यनिति तयार गरेको छ ।

सभामा बोल्दै प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले सहकारीले समाजको उत्थान र विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै छरिएर रहेका सानासाना पुँजीलाई जम्मा गरेर ठुलो पुँजी बनाउन सहकारीको भूमिका निकै अहम् रहेको जिकिर गरे ।

संस्थाका अध्यक्ष विभु कुमार पोखरेलले १४ वर्षको अवधिमा संस्था रौतहट जिल्लाकै नमुना संस्थाको रुपमा र सबैको चासो भएको संस्थाको रुपमा उभिन सफल भएको जनाउँदै छरिएर रहेका स–सानो पँुजीलाई एकिकृत गरी लगानीको लागि ठोस पुँजी जम्मा गर्ने आर्थिक संयन्त्रको रुपमा विकास गरी समुदायको भरपर्दो आर्थिक केन्द्रको रुपमा स्थापित गरिनु पर्छ भन्ने सोचका साथ संस्था अगाडि बढिरहेको जनाए ।

उनले विभिन्न अप्ठ्यारा, वाधा, प्रतिकुलताका वाजजुद पनि मानिसहरुमा सहकारीको भावनाहरुको विकास भएको गर्दै वित्तीय पहुँचबाट टाढा भएकाहरुलार्ई संस्थाले समेट्न सफल भएको बताउँदै संस्थामा आवद्ध सेयर सदस्यहरुको आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यबाट संकल्प बचत तथा ऋण सहकारी संस्था यस क्षेत्रको एउटा आशा र भरोसाको केन्द्रविन्दुको रुपमा स्थापित हुँदै सदस्यहरुको एक मात्र रोजाईको बन्न सफल भएको दावी गरे ।

सभामा अध्यक्ष पोखरेलले संस्थाको वार्षिक प्रतिवेदन , सचिव कुल बहादुर थापाले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष बलराम गौतमले संस्थाको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक गणेश पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वि.सं. २०६५ पुष २१ गते १ सय ११ जना सेयर सदस्य सहित स्थापना भएको सो संस्थामा हालसम्म ३ हजार ९६४ जना सेयर सदस्यहरु भइसकेको र संस्था पूर्णतया डिजिटल प्रविधिमा गई विभिन्न योजनाहरु सहित सेवा प्रदान गरिरहेको संस्थाका सदस्य जनकराज भारतीले जानकारी दिए ।

संस्थाका सहसचिव चिरन्जिवी गौतमले सञ्चालन गरेको सो कार्यक्रममा चन्द्रपुरमा रहेका विभिन्न सहकारीका प्रतिनिधिहरु तथा संस्थाका सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

LIVE TV