७ आश्विन २०७९, शुक्रबार

काठमाडौं । लामो समयदेखि प्रेममा रहेका हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ र उनकी प्रेमिका अनु थिङ विवाह बन्धनमा बाँधिएका छन् ।

उनीहरुबीच शुक्रबार विवाह सम्पन्न भएको हो । बुद्धिले बिहीबार मात्रै मकवानपुरकी अनुसँग लामो समयदेखि प्रेम सम्बन्धमा आफू रहेको र विवाहको तयारीमा रहेको खुलाएका थिए ।

टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले बुद्धि तामाङ चर्चित छन् ।

उनी पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त हुने गरेका छन् । बुद्धिले आफ्नो विवाहमा सिमित आफन्त र सहकर्मीहरुलाई मात्रै निम्तो गरेका छन् ।

LIVE TV