६ आश्विन २०७९, बिहीबार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर, औषधि तथा खुद्रा सामानहरू बोकेको ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय पर्सा मातहतका वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० आर्दशनगर चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।

विषेश सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा श्री भैरहवा ट्रासपोर्टबाट पठाइएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरूसमेत फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

सामानसहित नियन्त्रणमा लिइएको ट्रकको १ करोड १८ लाख ७६ हजार ६ सय रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्ष बस्नेतले बताए ।

यसैगरी प्रहरीले बिल बिजक भन्दा बढी लत्ताकपडा, औषधि तथा खुद्रा सामग्रीहरू लोड गरेका २ ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरचोकस्थित सडकखण्डमा ना ६ ख ३३७३ नम्बरको मालवाहक ट्रक तथा माईस्थानचोकस्थित सडकखण्डमा ना ७ ख ६८७५ नम्बरको मालवाहक मिनी ट्रकलाई नियन्त्रणमा लिएको हो ।

श्री नेपाल ट्रासपोर्टबाट पठाइएको ना ६ ख ३३७३ नम्बरको मालवाहक ट्रक विल बिजक संकास्पद देखिएको अन्लाइन भिसिटिएस साथमा नरहेको हुँदा उक्त ट्रक नियन्त्रणलाई लिई रू. ९१ लाख ५१ हजार ८ सय २२ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी उपरीक्षक बस्नेतले बताए ।

साथै श्री पशुपति ट्रासपोर्टबाट पठाइएको ना ७ ख ६८७५ मिनी ट्रकमा विल बिजक संकास्पद देखिएको तथा अन्लाइन भिसिटिएस विल साथमा नरहेको हुँदा उक्त ट्रकलाई सोत नियन्त्रणमा लिई रू. ५० लाख ३९ हजार १ सय २४ रुपैया गरी मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको उनले बताए ।

LIVE TV