६ आश्विन २०७९, बिहीबार

काठमाडौं । फाइभरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाइभरनेटले नयाँ ब्याण्डविड्थको साथ आकर्षक मूल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ‘फेस्टिभ फाइभरनेट’ मा ल्याएको छ ।

‘फेस्टिभ फाइभरनेट’ अफरले मात्र रु ८७० प्रति महिना पर्ने २०० एमबीपीएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना रु. ५९५/– मा ७५ एमबीपीएस रु. ६८७/– मा १०० एमबीपीएस, रु. ८२४/– मा १५०/–एमबीपीएस, र रु. ९१६/– मा २५०/– एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले फाइभ जी ड्यूल ब्याण्ड राउटर पनि सित्तैमा पाउने भएका छन् । साथै ईन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५०/– प्रति महिनामा डिशहोम आईटीभीको सेवा पनि लिन पाउने भएका छन् ।

उल्लासमय ‘फेस्टिभ फाइभरनेट’ अफरको लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

LIVE TV