६ आश्विन २०७९, बिहीबार

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी प्रा.लि. (लक्ष्मी गु्रपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ ।

लक्ष्मी ई. मोविलिटी प्रा.लि. ले नाडा ईभी अटो शो मा स्टल नं. सी७ मा बुकिङ गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ । जसमा रु. २५,०००/– (पच्चिस हजार)सम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन रहेका छन् ।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि अति राम्रो बजार लिएको छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति आजै नाडा ईभी अटो शो मा स्टल नं. सी७ मा सम्पर्क गर्न सकिनेछ ।

एक दशक भन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई. मोविलिटी प्रा.लि.ले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागिसमेत आवेदन लिदैछ ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो ।

 

LIVE TV