६ आश्विन २०७९, बिहीबार

एजेन्सी । साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलरक्षक घोषित बंगलादेशकी रुपना चक्माको घर सरकारले बनाइदिने भएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले गोलकिपर चक्माका लागि उनको गृहनगर रंगामाटीमा घर बनाइदिन निर्देशन दिएकी हुन् ।

बंगलादेशको नानिआर्चर उपजीलाकी बासिन्दा रुपनाको कमजोर स्थितिलाई मध्यनजर गर्दै सरकारले उनलाई घर बनाइदिने भएको हो । रुपनाले मंगलबार आफ्नो फेसबुकमा पोस्ट गर्दै सरकारी प्रतिनिधिलाई धन्यवाद दिएकी छिन् ।

नेपालमा सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलकिपरको ट्रफी जितेकी १८ वर्षीय चक्मा रंगमाटीकी नानियारचरकी हुन् । साफको फाइनलमा घरेलु टिम नेपाललाई ३–१ गोलले पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।

बंगलादेशले पहिलोपटक साफको उपाधि जिते लगत्तै गोलकिपर रुप्नाको जिर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

गाउँमा रहेको रुपनाको घरको कमजोर स्थिति देखेपछि सरकारले घर बनाउने रहमानले बताए । उनले स्थानीय अधिकारीलाई घरको अवस्था अध्ययन गरेर त्यहाँसम्म पुग्ने बाटो र पुल पनि निर्माण गर्न निर्देशन दिएको बंगलादेशी संचारमाध्यमले जनाएका छन् ।

 

LIVE TV