५ आश्विन २०७९, बुधबार

एजेन्सी । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो समाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका छन् । मेसी र नेइमारलाई पछि पार्दै उनी इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका हुन् ।

एनालिस्ट कम्पनि निल्सन स्पोर्ट्सको डाटा अनुसार म्यानचेस्टर युनाईटेडका पोर्चुगिच खेलाडी रोनाल्डोको औसत प्रति पोस्ट मूल्य ३.५ मिलियन भन्दा बढी छ।

इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स गत वर्षको भन्दा ४७ प्रतिशतले बढेको देखिएको छ । रोनाल्डोको फलोअर्स ४८० मिलियन रहेको छ ।

सूचीको दोस्रो स्थानमा मेसी, तेस्रोमा नेयमार र चौंथोमा केलियन एमबाप्पे र पाँचौंमा भिनिसियस जुनियर छन् ।

फ्रान्सका करिम बेन्जेमा छैटौं, अर्जेन्टिनाका पाउलो डिबाला सातौं, फ्रान्सकै एङ्गोलो कान्टे आठौं, फ्रान्सकै पउल पोग्वा नवौं तथा स्पेनका सर्जियो रामोस शीर्ष १० मा रहेका छन् ।

एनालिस्ट कम्पनीले कतारमा हुने २०२२ को विश्वकपमा सहभागी हुने अपेक्षा गरिएका खेलाडीहरूको श्रेणी निर्धारण गरेको हो।

LIVE TV