४ आश्विन २०७९, मंगलवार
  • राज दयाल,

ओखलढुंगा । जिल्लामा पनि डेंगु संक्रमण फलिँदै गएको छ । गत साउनदेखि हालसम्म २३ जनामा डेंगु देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका अनुसार गत असोज १ गतेदेखि आज (मंगलबार)सम्म मात्रै थप ६ जनामा डेगुं पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएर विभिन्न अस्पतालमा उपचारका लागि गएकाहरुको परिक्षण गर्दा आजसम्म २३ जनामा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।

हालसम्म जम्मा संक्रमित भएकामध्ये सिद्धिचरण नगरपालिकाका मात्रै ६ महिलासहित १६ जना रहेका छन् । त्यस्तै मोलुङका १ महिलासहित ४ जना, चम्पादेवीका १ जना पुरुष र मानेभञ्ज्याङका १ जना महिला रहेका छन् ।

संक्रमित भएकामध्ये १८ जना निको भइसकेका छन् भने अन्य ५ जनाले उपचार गराइरहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।

LIVE TV